काठमाडौँ – भारत र बंगलादेशबीचको दोस्रो टेस्ट रोचक मोडमा पुगेको छ । खेलको तीन दिन बर्षाले प्रभावित बनेपछि चौथो दिनको खेल सकिदा बंगलादेशले दोस्रो इनिंग शुरु गरेको छ ।
चौथो दिनको खेल सकिदा बंगलादेशले २ विकेट गुमाएर २६ रन बनाएको छ र भारतभन्दा २६ रनले अझै पछाडी रहेको छ ।
यस अघि भारतले आज आफ्नो पहिलो इनिंगमा ९ विकेट गुमाउदै २८५ रन बनाएर इनिंग घोषणा गरेको थियो । भारतले पहिलो इनिंगमा ५२ रनको अग्रता लिएर इनिंग घोषणा गरेको थियो ।
यस अघि बंगलादेश २३३ रन बनाएर अल आउट भएको थियो । अब खेलको पाँचौं दिन भारतले बंगलादेशलाई छिटो अल आउट गरेर खेल जित्ने प्रयास गर्ने छ भने बंगलादेशले दिनभर ब्याटिंग गरेर खेल ड्र गर्ने प्रयास गर्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया