मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

धनुष कसरी चलाउने भनेर सिकिरहेको छु : एक्शन हिरो टाइगर

काठमाडौं – बलिउडका एक्शन हिरो भनिने टाइगर श्राफका लागि यो वर्ष निकै एक्सन प्याक हुने भएको छ किनभने उनी आफ्नो मनपर्ने तीनवटा फिल्ममा एक्शन अवतारमा देखिने भएका छन् । टाइगर श्राफले अक्षय कुमारसँग आफ्नो आगामी एक्सन प्याक फिल्म बडे मियाँ छोटे मियाँबाट डेब्यु गर्दैछन् ।

यसपछि टाइगरले आफ्नो अर्को फिल्म र्याम्बोको तयारी सुरु गर्नेछन् । पठान र फाइटर निर्देशक सिद्धार्थ आनन्दले निर्माण गरिरहेको र्याम्बोमा टाइगर श्राफ मुख्य भूमिकामा देखिनेछन् । हेलो म्यागजिनसँगको हालैको अन्तर्वार्तामा टाइगर श्राफले र्याम्बोका लागि आफ्नो तयारीको खुलासा गरेका छन् र आफ्नो फिल्मलाई सबै एक्शन फिल्मको पिता भनेका छन् ।

हेलोसँगको एक अन्तर्वार्तामा टाइगरले र्याम्बोको लागि आफ्नो कठोर प्रशिक्षणको बारेमा खुलेर कुरा गरे। यसैबीच टाइगरले यो फिल्मका लागि आफूले धनुष र बाण चलाउन पनि सिकिरहेको खुलासा गरेका छन् । टाइगरले भने, ‘शारीरिक रूपमा यो फिल्मका लागि म आफूभन्दा धेरै फिट देखिनुपर्छ । यो फिल्मको लागि, मैले धनु र बाण कसरी प्रयोग गर्ने भनेर पनि सिकिरहेको छु ।

किनकी उनी एकपछि अर्को गर्दै तीन फिल्ममा आफ्नो मनपर्ने एक्सन अवतारमा देखिँदैछन् । फिल्मका लागि टाइगरले नियमित प्रशिक्षण लिइरहेका छन् । टाइगरका अनुसार फिल्मका लागि उनले धनुष–बाण चलाउन सिकिरहेका छन् ।

यसका साथै टाइगरले ज्याकी भगनानी, अक्षय कुमार र बाँकी टिमसँग एक्सन फिल्म बडे मियाँ छोटे मियाँमा काम गरेकोमा खुशी व्यक्त गरेका छन्, जसमा उनी सिपाहीको भूमिकामा देखिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?