काठमाडौँ– के तपाईँलाई आफ्नो फोनको डाटा छिटै सकिएको जस्तो लाग्छ रु कतिपय मानिसहरूले आफ्नो मोबाइल फोनको डाटा छिटो समाप्त हुने गरेको गुनासो गर्ने गरेका हुन्छन् ।
धरै मानिसहरूले त सिम कम्पनीहरूले आफूलाई कम डाटा दिएर झुक्काइरहेको छ भनेर समेत गुनासो गर्ने गर्दछन् ।
तर त्यस्तो भने पक्कै होइन किनभने कतिपय अवस्थामा तपाइले आफ्नो फोनलाई सही रूपमा प्रयोग गर्नुभएन भने पनि तपाइको डाटा द्रुत रूपमा सकिने गर्दछ ।
जस्तै तपाईँले आफ्नो फोनमा म्याप्स सेवाहरू प्रयोग गर्नुहुन्छ भने यसले पनि जसले ठूलो मात्रामा इन्टरनेट प्रयोग गर्ने गर्दछ । जसका कारण तपाईँको फोनको डाटा छिटो सकिन सक्छ ।
यस्तै एन्ड्रोइड फोनमा गेम खेल्ने बेलामा धेरै विज्ञापनहरू आउँछन् भने विज्ञापनहरू तपाईँको इन्टरनेट डाटा प्रयोग गरेर आउने गर्दछन् र यसले गर्दा पनि फोनको डाटा चाँडै सकिने गरेको हुन्छ ।
तपाइको डाटा छिटै सकिने अर्को मुख्य कारण युट्युबमा भिडियोहरू हेर्ने गर्नु पनि हुन सक्छ किनकि यसले पनि धेरै डाटा खपत गर्छ । यदि तपाईँलाई युट्युबमा भिडियोहरू हेर्नुपर्ने छ भने पनि रिजोलुसन घटाएर हेर्न सक्नुहुन्छ, जसका कारण तपाइको डाटा थोरै भए पनि बच्छ ।
तपाइले अनलाइन किनमेलको लागि अर्थात अन्य कुनै कामका लागि डाउनलोड गर्नुभएका विभिन्न ईकमर्श एपहबाट हरेक दिन आइरहने नोटिफिकेसनहरूले पनि तपाईँको डाटा प्रयोग गर्ने गरेका हुन्छन् । जसका कारण पनि तपाइको डाटा चाँडै समाप्त भइरहेको हुन्छ ।
यस्तै तपाईँको मोबाइलमा अटो अपडेट सिस्टम अन छ भने पनि फोनमा रहेका एपहरू मोबाइल नेटवर्कमा नै अटो अपडेट हुन्छन् । जसका कारण पनि तपाइको डाटा चाडै सकिरहेको हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया