याे प्रश्नकाे उत्तर खाेज्न पहिला भित्री कानको बारेमा बुझ्नुपर्छ । भित्री कान मस्तिष्कको नजिक हुन्छ । यसले हाम्रो आवाजलाई मस्तिष्कसम्म पुर्याउँछ भने हाम्रो शरीरलाई सन्तुलित समेत बनाउँछ ।
गाडीमा यात्रा गर्दा हामीले झ्यालबाट हेर्छौँ । हाम्रो आँखा र कान जहाँको त्यहीँ छ तर हामीले हेरेको कुराहरू छिटो छिटो घुमेको देखिन्छ । त्यस्तो बेला हाम्रो कानले सन्तुलन मिलाउन खोज्छ तर मिलाउन सकेन भने चक्कर लाग्छ अनि उल्टी हुन्छ ।
बाहिर हेर्दा रूख, घर दौडिएको देखिन्छ त्यो बेला कानले सन्तुलन मिलाउन सकेन भने बान्ता हुन्छ । जब बान्ता हुन्छ त्यसपछि चक्कर कम हुन्छ । तर शरीर भने शिथिल हुन्छ ।
खास गरी खेलकुदमा सक्रिय नभएका, कानको समस्या भएका र बढी सेन्सेटिभ व्यक्तिलाई बान्ता हुन्छ । गाडीमा यात्रा गर्दा हल्का खाना खानुपर्छ भने सकेसम्म अगाडिको सिटमा बस्नुपर्छ अनि बाहिर हेर्नु हुँदैन ।
अथवा आँखा मोबाइलमा केन्द्रित भयो भने पनि ध्यान बाहिर जाँदैन । हिँडेर, टाउको हल्लाएर, आँखा तलमाथि गर्ने थेरापी गर्न समेत सकिन्छ । गाडीको चालकलाई चक्कर लाग्दैन किनकि उनीहरूले अगाडि हेर्छन् ।
गाडीमा यात्रा गर्दा बान्ता रोक्नको लागि औषधी पनि खान सकिन्छ । यसले बान्ता हुन कम गर्छ । गाडीमा यात्रा गर्दा बान्ता हुनेहरूले रक्सी, चुरोट खान हुँदैन ।
यद्यपि रक्सी चुरोट कसैले पनि खान हुँदैन । त्यस्तै चाँडै पच्ने खालका खाना अनि फलफूल खानुपर्छ ।
किन हुन्छ त गाडीमा यात्रा गर्दा बान्ता ?
यात्रा गर्दा चक्कर लाग्ने, वाकवाकी लाग्ने, टाउको दुख्ने जस्ता समस्यालाई मेडिकल भाषामा मोसन सिक्नेस भनिन्छ । ‘शरीरको सन्तुलन बिग्रिँदा यात्रा गर्दा यस्तो हुने हो ।’
घुमाउरो बाटोमा गाडीमा यात्रा गर्दा सिरेबेलमको सन्तुलन बिग्रिएर मोसनसिक्नेसको समस्या देखिने हुन्छ । गाडीको गन्ध आउने, गाडी चढ्ने बित्तिकै बान्ता आउँछ भने त्यस्ता व्यक्तिमा मानसिक समस्या पनि हुनसक्ने चिकित्सकले बताएका छन् ।
कसैलाई पहिला गाडी चढ्दा बान्ता भएको छ भने पछि उसको माइन्डले प्रि–अकुपाइड गर्छ र हरेक पटक गाडी चढ्दा यस्तो समस्या आउन सक्छ ।
लामो दूरीको यात्रा नगरेका व्यक्तिलाई बान्ता आउन सक्छ है भनेर कसैले भनेपछि त्यो व्यक्तिको दिमागले त्यही सोचेर पनि मोसनसिक्नेस हुनसक्छ ।
बान्ता हुने समस्या कसरी कम गर्ने ?
एन्टीहिस्टामेनिक र प्रोमेथाजरिन औषधि खानुपर्छ । जुन यात्रा गर्नुभन्दा आधा घण्टा अघि खानुपर्ने हुन्छ । यो औषधिले बान्ता नै रोक्नेभन्दा पनि सिरेबेलमफंक्सनल डिसअर्डर रोक्न मद्दत गर्छ ।
खानेकुरा खाइराख्ने, अन्य कुरामा मन लगाउने, सँगै बस्ने व्यक्तिसँग कुरा गर्नुपर्छ । ह्रब्स ब्रिथको बास्ना सुँघ्दै यात्रा गर्दा बान्ता नहुन सक्छ । यात्रा गर्दा जहिले अगाडि हेर्न लगाउने, टाढाको दृश्य हेर्ने गर्नुपर्छ । झ्यालहरू खोलेर ताजा हावा आउन नदिने गर्नुपर्छ ।
यात्रा गर्दा सकेसम्म मसलादार खानेकुरा नखाने गर्नुपर्छ । गीत सुन्ने गर्दा दिमाग अन्तै भुलिन्छ र गाडीबाट निस्किसकेपछि पनि फ्रेस भएर हल्का खानेकुरा खाएर आराम गर्ने हो भने समस्या हुँदैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया