मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

म्यान्मारमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या तीन हजारभन्दा बढी पुग्यो

एजेन्सी। म्यानमामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या तीन हजार नाघेको जुन्ता सरकारले बिहीबार जनाएको छ ।

छ दिन पहिले ७.७ म्याग्नीच्यूडको गएको भूकम्पका कारण अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या तीन हजार ८५ पुगेको पुष्टि भएको र ३४१ जना अझै बेपत्ता रहेको र चार हजार ७१५ जना घाइते भएको जुन्ता सरकारका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भूकम्पका कारण भएको क्षतिमा राहत तथा उद्धारका लागि १७ देशबाट करिब एक हजार टन राहत तथा अन्य सामग्रीसहित सयौँको सङ्ख्यामा उद्धार तथा सहायताकर्मी आइपुगेको जाउ मिन तुनले बताए ।

उनले भने“हामीले खोजी र उद्धारकार्यलाई निरन्तरता दिइरहेका छौँ, साथै, हामी अन्तर्राष्ट्रिय समुदाय र मेडिकल टोलीको कडा परिश्रमप्रति विशेष कृतज्ञता व्यक्त गर्न चाहन्छौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?