काठमाडौँ – नामिबियाले आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत युएईमाथि जित हासिल गरेको छ । विहिबार सम्पन्न खेलमा नामिबियाले युएईलाई ८ विकेटले पराजित गरेको हो ।
युएईले दिएको १९१ रनको लक्ष्य पछाएको नामिबियाले २८.५ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको युएई ४३.२ ओभरमा अल आउट हुँदै १९० रन मात्र बनाएको थियो ।
नामिबियाले एकदिवसीय क्रिकेटमा लगातार ६ हारपछि पहिलो जित हासिल गरेको छ । यो जितपछि लिग-२ मा नामिबियाको १२ खेलमा १० अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ ।
त्यसैगरी युएईको भने लिग-२ मा यो छैटौं हार हो । युएईको ७ खेलमा २ अंक रहेको छ र लिगको पुछारमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया