काठमाडौँ – श्रीलंका ब्याट्सम्यान कमिन्दु मेन्डिसले टेस्ट क्रिकेटमा नयाँ किर्तिमान बनाएका छन् । कमिन्दुले न्यूजिल्याण्डविरुद्धको जारी दोस्रो टेस्टमा अर्धशतक बनाउदै आफु खेलेका आठ टेस्ट खेलमा नै अर्धशतक प्रहार गर्ने नयाँ किर्तिमान बनाएका छन् । टेस्ट क्रिकेटमा यस अघि कुनै पनि ब्याट्सम्यानले यस्तो गर्न सकेका थिएनन् ।
कमिन्दुले पहिलो दिनको खेल सकिदा ५१ रन बनाएर अविजित रहेका छन् । श्रीलंकाले टस जितेर ब्याटिंग गरेको यस टेस्टको पहिलो दिन ३ विकेट गुमाएर ३०६ रन बनाएको छ ।
श्रीलंकाका एन्गोलो म्याथ्युज ७८ रन बनाएर खेलिरहेका छन् । यस टेस्टमा दिनेश चान्डिमलले ११६ रनको शतकीय पारी खेलेका थिए भने दिमुथ करुनारत्ने ४६ रन बनाएर आउट भएका थिए ।
२ खेलको टेस्ट सिरिजमा पहिलो खेल जितेको श्रीलंकाले दोस्रो खेलमा पनि शानदार शुरुवात गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया