मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चिनी र खाने तेलको बजार मूल्य घट्यो

काठमाडौँ– पछिल्लो समय दैनिक उपभोग्य सामग्रीहरूको बजार मूल्य घटेको छ । 

अहिले बजारमा चिनीमा प्रतिकेजी १५ रुपैयाँ र खाने तेलमा प्रतिलिटर १० रुपैयाँ घटेको पाइएको छ । यसका साथै नुन, दाल, पिठो, मैदाको पनि मूल्य घटेको हो । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार नीतिगत रूपमा बजार हस्तक्षेप, नियमित अनुगमन तथा सुपथ मूल्यका पसलहरू सञ्चालन गरेपछि बजार मूल्य घट्नुका साथै कालोबजारी नियन्त्रणमा आएको हो । 

योबाहेक सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड द्वारा सञ्चालित सुपथ मूल्यका पसलहरूबाट सस्तोमा गुणस्तरीय उपभोग्य बस्तुहरू उपलब्ध भइरहेका छन् ।

चाडपर्वको समयमा उपभोग्य बस्तुहरूको मूल्य घटेपछि उपभोक्तालाई सहज भएको छ । खाद्य तथा साल्टले सञ्चालन गरेका पसलहरूमा उपभोग्य सामग्री उपलब्ध रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?