काठमाडौँ – नेप्सेमा आज ४९ अङ्कको बढेको छ । बुधबार नेप्से ४९.१३ अङ्कले बढेर २५१९.५७ विन्दुमा रोकिएको हो ।
आज ३२७ कम्पनिको कारोबार हुँदा एक करोड २४ लाख ९८ हजार ९८९ कित्ता शेयर ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार ४ को खरिद बिक्री भएको छ ।
नेप्सेका अनुसार आज वीन नेपाल लघुवित्त, न्यादी हाइड्रो, युनिक नेपाल लघुवित्त, सगरमाथा जलविद्युत र थ्री स्टार हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज हिमालयन हाइड्रोको शेयर मुल्य सर्बाधिक ६.३६ प्रतिशतले घटेको छ ।
त्यसैगरी आज एनएलजी इन्सुरेन्सको सबै भन्दा बढी १५ करोड ६४ लाख १७ हजार ७८७ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै आज हाइड्रोइलेक्ट्रीसिटीको शेयरको सबैभन्दा बढी ५ लाख ५४ हजार ८४८ कित्ता शेयर कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया