मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

केरा खेतीप्रति आकर्षित हुँदै झापाली किसान

जोयनेपाल
117
Shares
फाइल तस्बिर

काठमाडौँ – झापामा केरा खेतीतर्फ किसानको आकर्षण बढेको छ । केरा खेतीबाट मनग्य आम्दानी हुने र धान बालीको तुलनामा खेती गर्न सजिलो हुने हुँदा यसतर्फ किसानको आकर्षण बढेको हो ।

किसानले धान खेत मासेर केरा खेती गरेका हुन् । जिल्लामा एक हजार आठ सय ९० हेक्टर जमिनमा केराको व्यावसायिक खेती हुने गरेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताए ।

केराको फलसँग बोट र पात मलका लागि बहु उपयोगी हुने उनको भनाइ छ । उनले विगत तीन वर्षयता जिल्लामा केराको व्यावसायिक खेती बढेको बताए।

उनका अनुसार जिल्लाका गौरादह, भद्रपुर नगरपालिका, झापा, कचकवल, बाह्रदशी र कमल गाउँपालिकामा केराको व्यावसायिक खेती रहेको छ । यहाँ वार्षिक ३७ हजार मेट्रिकटन केरा उत्पादन हुने गरेको उनले बताए ।

प्रमुख विष्टले जिल्लामा गौरीगञ्ज गाउँपालिका र अर्जुनधारा नगरपालिकामा टिस्युकल्चर प्रविधिबाट केराको उन्नत जातको बिरुवा उमार्ने नर्सरी रहेको जानकारी दिए । 

अधिकांश केरा खेतीमा लागेका किसान वैदेशिक रोजगारीबाट फर्केका छन् । उनीहरूले परदेशमा रोजगारी गर्न जानुभन्दा स्वदेशमै परिवारसँग बसेर व्यवसाय गर्ने सोच बोकेर युवा केरा खेतीमा लागेका छन् । 

झापा गाउँपालिकाका–३ का चन्द्रप्रसाद बस्नेतले केरा खेतीसँगै यसको थामलाई प्रशोधन गरेर कपडा, धागो, महिनावारी प्याड र फाइबर उत्पादन गर्ने तयारी गरिरहेका छन् । विगत पाँच वर्षअघि इजरायलबाट फर्केर उनले ३० बिघा जमिनमा केराको व्यावसायिक खेती गर्दै आएका छन् ।

पालिकामा उनले गरेको केरा खेतीबाट राम्रो आम्दानी भएको देखेर अन्य युवा पनि केरा खेतीमा लागेका छन्  । हाल पालिकामा १५ बढी किसानले व्यावसायिक केरा खेती गरिरहेका छन् ।

यसै गरी श्रीगणपति एग्रिकल्चर प्रालिले भद्रपुर र गौरा दह नगरपालिकामा जग्गा भाडामा लिएर व्यावसायिक केरा खेती गर्दै आएको छ ।

उन्नत जातको केराको बोट नौ महिनामा पसाउन थाल्ने र एक वर्षभित्रमै आम्दानी दिने गरेको प्रालिका अध्यक्ष वासु उप्रेतीले बताए। उनले भद्रपुर–५ मा २० बिघा र गौरा दह–५ मा ५७ बिघा गरी ६७ बिघा जग्गा भाडामा लिएर केराको व्यावसायिक खेती गत वर्षदेखि सुरु गरेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?