मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मिथिलाञ्चलमा जितिया पर्व मनाइँदै

काठमाडौं– नेपालको मिथिलाञ्चलमा बसोबास गर्ने थारु तथा मधेसी समुदायले आज जितिया पर्व मनाउँदै छन् ।

विशेषगरी आमाहरूले आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्य, सफलता एवं पारिवारिक सुखशान्तिका लागि भगवानको पूजा आराधना गरी यो पर्व मनाउने गर्दछन् ।

यस पर्वका अवसरमा आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन थारु तथा मधेसी महिला कठोर उपवास बस्ने गर्दछन् । यस पर्वमा शरीर, मन र आत्मा शुद्धि गर्दै विभिन्न शुद्ध परिकार बनाई खाने र खुवाउने प्रचलन परापूर्वकालदेखि चल्दै आएको छ ।

मिथिलाञ्चल क्षेत्रमा नहा खा अर्थात् नुहाएर खाने विधी सोमबार गरि यो पर्व शुरु भएको हो । यो व्रतको मिथिलाञ्चल क्षेत्रमा विशेष महत्त्व छ ।

आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथि गरी तीन दिनसम्म श्रद्धापूर्वक मनाउने परम्परा अनुसार हिजो बिहान ४ बजेदेखि शुरु भएको ३६ घण्टासम्मको निर्जल र निराहार उपवास आज अपराह्न ५ बजे समापन गरिँदैछ ।

यो पर्वलाई जिवित्पुत्रिका व्रतको नामले पनि चिनिन्छ । वनस्पतिबाट प्राप्त हुने केराको पात, घिरौँलाको पात, तोरीको पिना, सखर, भिजाएको केराउ, दही–च्युरा, कम्तीमा पाँच प्रकारका फलफूललगायत सामग्री पूजाआजामा प्रयोग गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?