मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेप्सेले भन्यो:- सामाजिक सञ्जालमा आउने विश्लेषणलाई आधार बनाएर लगानी नगर्नु

काठमाडौँ – नेपाल स्टक एकसचेन्ज ‘नेप्से’ ले जथाभावी विश्लेषकको पछि लागेर लगानीको निर्णय नगर्न सर्बसाधारणलाई आग्रह गरेको छ ।

सोमबार नेप्सेले सूचना जारी गर्दै कुनै पनि व्यक्तिलाई विश्लेषकको रुपमा दर्ता वा मान्यता प्रदान नगरेको स्पष्ट गर्दै सामाजिक सञ्जालमा आउने विश्लेषणलाई आधार बनाएर लगानी गर्नु जोखिम हुने बताएको हो ।

नेप्सेले सूचनामा भनेको छ, ‘फेसबुक, ट्विटर, क्लब हाउस जस्ता सामाजिक सञ्जाल वा आमसञ्चारमाध्यममा त्यस्तो विश्लेषकको नाममा आउने विश्लेषणलाई आधार बनाएर लगानी गर्नु जोखिम हुन्छ ।’ साथै नेप्सेले बुझेर मात्र लगानी गर्दा जोखिमबाट बच्न सकिने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?