मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दुर्घटनापछि प्रीति झङ्गियानीका श्रीमान् आईसीयूमा भर्ना, कस्तो छ अवस्था ?

काठमाडौँ – ‘खोस्ला का घोस्ला’ र ‘मनसुन वेडिङ’ जस्ता फिल्ममा देखिएकी अभिनेत्री तथा अभिनेत्री प्रीती झाङ्गियानीका श्रीमान् परवीन दबास अहिले मुम्बईको एक अस्पतालमा भर्ना भएका छन् ।

कार दुर्घटनामा घाइते भएपछि उनलाई आईसीयूमा भर्ना गरिएको छ । भर्खरै केही समय अघि सार्वजनिक स्वास्थ्य अपडेट अनुसार अभिनेताको अवस्था स्थिर रहेको बताइएको छ ।

रिपोर्ट अनुसार अस्पतालका एक स्रोतले परवीन डबासको अवस्थाबारे जानकारी दिँदै अहिले उनको स्वास्थ्य उपचार आवश्यक रहेको जनाएकाे छ । स्रोतका अनुसार चिकित्सकहरुले उनको एमआरआई, सोनोग्राफी र एक्सरेका आधारमा स्वास्थ्य परीक्षण गरिरहेका छन् । तर, अहिले उनको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएकाे छ ।

अस्पतालमा भर्ना भएपछि अभिनेताले ढाड दुख्ने र घुँडा दुखेको गुनासो गरेका थिए । परवीनको अनुहार वा टाउकोमा कुनै चोट नलागेपनि शरीरमा रगत बगेको स्रोतले जनाएको छ ।

रिपोर्ट अनुसार परवीन डबासले २३ मार्च २००८ मा प्रीति झाङ्गियानीसँग विवाह गरेकी थिइन् । यी दम्पती दुई छोराका बाबुआमा हुन् । अभिनेता पछिल्लो पटक ताहिरा कश्यपको फिल्म ‘शर्माजी की बेटी’ मा देखिएका थिए । जुन यसै वर्षको जुनमा रिलिज भएको थियो ।

प्रीति झाङ्गियानीको कुरा गर्दा उनले सन् २००० मा आदित्य चोपडाको फिल्म ‘मोहब्बतें’ बाट आफ्नो करियर सुरु गरेकी थिइन् । यसपछि उनी ‘आवारा पागल दीवाना’ (२००२), ‘एलओसी कारगिल’ (२००३), र ‘अनः मेन एट वर्क’ (२००४) मा देखिएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?