मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आशा लघुवित्तले १५ प्रतिशत बोनस दिने 

काठमाडौं– आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर धनीलाई १५ प्रतिशत बोनस दिने भएको छ ।

आर्थिक वर्ष २०८०–०८१ को मुनाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस दिने प्रस्ताव गरेको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बद्री प्रसाद दुलालले जानकारी दिए ।

सीईओ दुलालका अनुसार लघुवित्तले आफ्नो चुक्त्ता पुँजीको ९ करोड १४ लाख ३० हजार रुपैयाँ बराबरको १४.२५ प्रतिशत बोनस शेयर र ४८ लाख १२ हजार रुपैयाँ बराबरको ०.७५ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

उक्त बोनस नेपाल राष्ट्र बैंकबाट स्वीकृतिसँगै आगामी साधारणसभाले पास गरेपछि वितरण हुनेछ । कम्पनीको हाल चुक्ता पुँजी ६४ करोड १६ लाख १६ हजार रुपैयाँ बराबरको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?