मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

काठमाडौँमा के गर्दैछन् साउथ स्टार प्रकाश राज ?

काठमाडौँ – चर्चित भारतीय अभिनेता प्रकाश राज यति वेला काठमाडौँमा छन् । उनी आजबाट छायाङ्कन शुरु हुने साउथ इण्डियन फिल्म ‘ज्याक’ छायाङ्कनका लागि  काठमाडौँ आएका हुन् । 

भिस्तारा एयरलाइन्सको विमानबाट दिल्ली हुँदै शनिबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण उनी अव १० दिनसम्म काठमाडौँमा रहने जनाइएको छ।

उनी अभिनीत फिल्म ‘ज्याक’को  ५ दिनदेखि काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा भइरहेको छ । यो फिल्मको ८० प्रतिशत छायाङ्कन पुरा भएको छ भने अझै २० दिनसम्म काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा छायाङ्कन गरिने बताइएको छ । 

निर्देशक बोमारिल्लु भास्करले निर्देशन गरिरहेको यो फिल्मको नेपालमा सुरज आचार्य, अरुण रेग्मी र सुरेश अधिकारीको कम्पनी थ्री ह्विलर्सले व्यवस्थापनको जिम्मा लिएको छ ।

त्यस्तै, यो फिल्म निर्माण व्यवस्थापकमा चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा र मनोज जोशी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?