मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के तपाईँको घरमा माकुराको जालो छ ? हुन सक्छ यस्तो समस्या

काठमाडौँ– उज्वल भविष्य निर्माण गर्नको लागि वास्तुशास्त्रले धेरै नियमहरु बताउने गर्छ । वास्तुशास्त्रले तपाईको घरमा कुन चिजबाट कसरी सेट गर्नुपर्छ भन्नेबारे पनि उल्लेख गरिएको हुन्छ । वास्तु शास्त्रको नियमअनुसार यदि तपाईले घरमा नियमित सरसफाई गरे पनि सकारात्मक भावनाको विकास हुने बताइन्छ ।

हामी घरलाई त दैनिक रुपमा सफा गर्छौँ । तर घरको झ्याल ढोकामा लागेको माकुराको जालोलाई हटाउन भुल्छौँ । वास्तु शास्त्रका अनुसार यस्तो माकुराको जालोले घरमा धन सम्पत्ति टिक्न दिदैँन ।

वास्तु शास्त्रका अनुसार यस्ता माकुराको जालोले नकरात्मक उर्जा दिने गर्छ । यसले गर्दा घरमा शान्ति हुँदैन । यस्तो जालोले गर्दा माता लक्ष्मी टाढा भाग्ने गर्छन् । यसले गर्दा पैसालाई पानीसरह खर्च गर्ने गरिन्छ । यसले गर्दा मानिसहरु ऋणमा डुब्ने गर्छन् । यसका साथै घरका व्यक्तिहरु प्नि विरामी पर्ने गर्छन् । जालोले मानिसहरुमा एलर्जी, रुघाखोकीलगायतको समस्या हुने गर्दछ ।

यदि तपाईको बेडरुममा माकुराको जालो छ भने त्यसलाई सफा गर्नुहोला । किनकि यसले तपाईको मानसिक स्वास्थ्यमा असर पार्ने गर्दछ । यसले श्रीमान र श्रीमतीको सम्बन्धमा पनि असर पार्ने गर्छ । दुबै जनाको मानसिक स्थिती राम्रो हुँदैन । यसले गर्दा घरमा तनावको वातावरण सृजना हुन्छ ।

यसका साथै घरको मन्दिरमा पनि जालो हटाउन आवश्यक छ । किनकि यसले गरमा दुभाग्य आउने गर्छ । भान्सामा माकुराको जालो भएमा परिवारको सदस्यहरु विरामी पर्ने सम्भावना बढ्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?