मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दुई महिनामा वीरगञ्ज भन्सारले उठायो साढे २५ अर्ब राजस्व

काठमाडौँँ- वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको भदौसम्म २५ अर्ब ४० करोड ३१ लाख ४३ हजार राजस्व संकलन गरेको छ ।

भन्सार विभागले भदौसम्म ३५ अर्ब ५७ करोड २७ लाख ५६ हजार राजस्व संकलनको लक्ष्य निर्धारण गरेकामा ७१ प्रतिशत लक्ष्य हासिल भएको कार्यालयले जनाएको छ ।

भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले गत वर्षको सोही अवधिको तुलनामा चालु आवमा झण्डै एक अर्बले राजस्व बढेको जानकारी दिए । गत आवको भदौसम्म ३५ अर्ब ४४ लाख ४२ हजार राजस्व संकलन गर्ने लक्ष्य लिइएकामा ७० प्रतिशत राजस्व संकलन भएको थियो ।

‘विगतका वर्षमा वीरगञ्ज भन्सार कार्यालय हुँदै पेट्रोलियम पदार्थका सवारीसाधन धेरै आयात हुने गरेकामा यसपटक विद्युतीय सवारीको सङ्ख्या बढेको छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?