मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म ‘सानो संसार’लाई ‘यूनिभर्सल’ सर्टिफिकेट 

काठमाडौँ – शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘सानो संसार’ले ‘यूनिभर्सल’ सर्टिफिकेट पाएको छ । 

यसको अर्थ फिल्मलाई अब सबै उमेरका दर्शकले हलमा हेर्न पाउनेछन् । अर्जुन कुमारद्वारा निर्मित यो फिल्मलाई सेन्सर बोर्डले फिल्मको रनटाइम २ घण्टा २२ मिनेट ३७ सेकेण्डमा सीमित गरिदिएको छ ।

एक मध्यमवर्गीय परिवारले जीवन चलाउन गर्ने संघर्षको कथा प्रस्तुत गरिएको यो फिल्मले यसअघि सार्वजनिक भएका प्रचार सामग्रीमार्फत राम्रो हाइप बनाइसकेको छ । ट्रेलरलाई पनि दर्शकले रुचाएका छन् ।

फिल्मलाई सिद्धार्थ पुडासैनीले निर्देशन गरेका हुन् । फिल्ममा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’ की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भूमिका छ । राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल, शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय छ ।

यी सबै कलाकारले यही फिल्ममार्फत रजतपटमा डेव्यु गर्दै छन् । राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मूभिजको व्यानरमा यो फिल्म निर्माण भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?