मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हिन्दु धर्मवालम्बीको दाहसंस्कार किन आगोमा गरिन्छ ?

हिन्दु धर्मावलम्बी कुनै व्यक्तिको मृत्यु हुन्छ भने उसलाई शवदाहमा आगोले दाहसंस्कार गरिन्छ ।

मान्यताअनुसार आत्मा अमर हुन्छ। हिन्दू धर्ममा आत्मालाई अमर मानिन्छ । अर्थात् आत्मा कहिल्यै मर्दैन, आत्मा एक शरीरबाट अर्को शरीरमा सर्छ ।

त्यो आत्माको कर्ममा निर्भर रहन्छ, यदि उसले राम्रो कर्म गर्‍यो भने मोक्ष प्राप्त हुन्छ । यदि उसले नराम्रो कर्म गर्‍यो भने त्यो आत्मा यस संसारको भ्रममा भट्किरहन्छ ।

एक जीवबाट अर्कोमा जान सक्छ, जसरी मानिसले पुरानो लुगा फेर्छ र नयाँ लुगा लगाउँछ, त्यसरी नै आत्मा पुरानो शरीर छोडेर नयाँ शरीरमा प्रवेश गर्छ ।

त्यस्तै हिन्दु धर्मअनुसार मानव शरीर पञ्च तत्त्वले बनेको हुन्छ : अग्नि, जल, वायु, आकाश र माटो । आत्मा अमर रहन्छ। शरीरलाई आत्माले छाडेपछि यी पाँच तत्त्वहरूमा विलीन हुन्छ, त्यसैले शरीरलाई अग्निमा जलाएर खरानीलाई पानीमा डुबाइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?