मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा

काठमाडौँ – अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठले ब्रेकअपपछि पनि निरन्तर फिल्ममा सहकार्य गर्दै आइरहेका छन् ।

हालै फिल्म ‘भाइरल गोर्खे’ मा एकसाथ काम गरेका उनीहरूको अब अर्को फिल्म ‘विनोद’ मा पनि सहकार्य गर्ने भएका हुन् ।

सौगातको अभिनय रहने जानकारी दिँदै फिल्मको ‘एआई जेनेरेटड’ पोस्टर सार्वजनिक गरिएको थियो । त्यो पोस्टर सृष्टिले पनि आफ्नो सामाजिक सञ्जालमा सेयर गरेकी छन् । फिल्मको छायाङ्कन आगामी मङ्सिरमा गरिने बताइएको छ ।

फिल्ममा प्रकाश घिमिरे, प्रवीण खतिवडा, दिव्य देव लगायतको पनि अभिनय रहनेछ । फिल्म सन् २०२५ मा रिलिज हुनेछ । अहिले ‘पीताम्बर’को छायाङ्कनमा व्यस्त रहेका सौगातले ‘विनोद’भन्दा अघि ‘बलिदान’ र ‘कल्ली’को छायाङ्कन भ्याउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?