मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सलमान खानका बुबा सलीम खानलाई ज्यान मार्ने धम्की !

काठमाडौँ – बलिउड अभिनेता सलमान खानका बुबा तथा पटकथा लेखक सलिम खानलाई ज्यान मार्ने धम्की आएको छ । सलिम खान बुधबार बिहान घुम्न गएका बेला उक्त घटना भएको बताइएकाे छ।

यसैबीच स्कुटरमा आएका एक पुरुष र महिलाले उनलाई लरेन्स बिश्नोई बोलाएर धम्की दिएकाे समाचार एजेन्सीहरूले जनाएका छन्। याे घटना बुधबार बिहान (सेप्टेम्बर १८) भएकाे हाे ।

प्रहरी रिपोर्टका अनुसार सलीम खान कार्टर रोडको प्रोमेनेडमा बसिरहेका बेला स्कुटरमा आएका एकजना पुरूष र महिला उनको नजिकै रोकिए। ती व्यक्तिले सलिम खानलाई धम्कीपूर्ण स्वरमा भने, “लरेन्स बिश्नोईलाई पठाउनु पर्छ ?” स्कुटरमा सवार महिलाले बुर्का लगाएर अनुहार लुकाएकी थिइन् ।

सलिम खानले तुरुन्तै प्रहरीमा दुर्व्यवहारको उजुरी दिएका थिए । बान्द्रा स्टेशनका एक प्रहरी अधिकारीले भने कि सलिम खानले स्कुटरको नम्बर प्लेटको चार नम्बर-७४४४ मात्र पहिचान गरेका थिए। तर, यसले प्रहरीलाई अभियुक्तको पहिचान गर्न मद्दत गरेको छ ।

बान्द्रा प्रहरीले सलिम खानलाई धम्की दिएकोमा एक पुरुष र एक महिला विरुद्ध आईपीसीको धारा ३५३(२), धारा २९२ र धारा ३(५) अन्तर्गत मुद्दा दर्ता गरेको छ।

यसअघि अप्रिलमा सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली चलाएर उनलाई धम्की दिने प्रयास गरिएको थियो । घटनाको जिम्मेवारी लरेन्स बिश्नोई गिरोहले लिएको छ र प्रहरीले आरोपीलाई पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?