मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सिमोसको ‘अज्ञात’मा अनुबन्धित भइन् नीति शाह 

काठमाडौँ – नायिका नीति शाह सिमोस सुनुवारको निर्देशनमा निर्माण हुने फिल्म ‘अज्ञात’मा अनुबन्धित भएकी छिन् । 

यद्यपि उनीसँग अहिले मौखिक रुपमा सम्झौता मात्रै भएको निर्माण पक्षले जनाएको छ । अब चाडै लिखित सम्झौता गरिने छ ।

निर्माणपक्षले यसअघि यो फिल्मका लागि अभिनेता द्वय सौगात मल्ल र अनुप विक्रम शाहीलाई अनुबन्धित गरिसकेको छ । 

२०८२ सालको फूलपातीमा प्रदर्शन गर्ने तयारीमा रहेका यो फिल्म आगामी माघपछि फ्लोरमा जाने छ । एक्सन प्रधान निर्माण गरिने यो फिल्मलाई नेपाल र सिक्किममा छायांकन गरिने जनाइएको छ । 

फिल्मलाई कर्म पिङ्की भुटियाको निर्माण रहने फिल्ममा प्रदीप भारद्वाजको स्क्रिप्ट लेखन र हरि हुमागाइँको छायांकन रहनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?