मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘हलिउड’ फिल्ममा व्यस्त प्रियंका चोपडा,रुसो ब्रदर्सको ‘द ब्लफ’मा देखिँदै

काठमाडाैँ – ग्लोबल आईकन बनेकी प्रियंका चोपडा आफ्नो करियरको उचाईमा छिन् ।

उनी अहिले एक पछि अर्को ‘हलिउड प्रोजेक्ट’ ‘साइन’ गरिरहेका छिन् । यसअघि ‘सिटाडेल’ मा देखिएकी उनी यहि ‘स्पाई थ्रिलर’ सिरिजको दोस्रो सिजनमा पनि देखिने छिन् ।

रिचर्ड म्याडेन स्टारर यो सिरिज पछि प्रियंकाले हलिउडकै ‘द ब्लफ’ फिल्ममा समेत जोडिएका छिन् । जुन १८०० दशकमा आधारित ‘पियिरड ड्रामा’ विधाको फिल्म हो ।  

यो फिल्म जुनबाट ‘फ्लोर’मा जाने बताइएको छ । बताइए अनुसार यो फिल्मका निर्माता द रुसो ब्रदर्स हुन् । तर प्रियकाको संलग्नताबारे उनी स्वयम र निर्माण पक्षले आधिकारिक घोषणा भने गरेका छैनन् । 

यद्यपि उनका लागि अरू काम पनि पाइपलाईनमा छन् । उनले अब गर्ने काममा ‘सिटाडेल २’ को नाम छ भने ‘हेड्स अफ स्टेट’ मा पनि उनी देखिने छिन् । योसँगै उनी बलिउडमा पनि देखिँदै छिन् ।

जसमा प्रियंकासंगै आलिया भट्ट र कैटरीना कैफको पनि सहकार्य रहने छ । रीमा कागतीको निर्माणमा बन्न लागेको यस फिल्मको निर्देशन निर्माता तथा अभिनेता फरहान अख्तरले गर्ने छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?