मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कसरी रिकभर गर्ने आफ्नो स्मार्टफोनबाट डिलिट भएको तस्वीर ?

तस्वीरसँगै हाम्रो कयौँ यादहरू जोडिएका हुन्छन् । आजभोलि स्मार्टफोन पनि राम्रो क्यामेरा भएका साथ पाइने गर्छ । साथै धेरै जसो स्मार्टफोनको मेमोरी पनि बढेको छ । यसकारण मानिसहरू फोटो खिचेर फोनमा नै राख्ने गर्छन् ।

तर कहिलेकाहीँ झुकिएर वा अचानक केही कारणले फोनबाट फोटो डिलिट हुन्छ । तब हामी सोच्ने गछौँ कि डिलिट भएको फोटो फिर्ता आए कति राम्रो हुन्थ्यो ।

अब  तपाईँले चिन्ता लिनु पर्दैन, किनकि यहाँ हामी तपाईँलाई फोनबाट डिलिट भएका फोटो र भिडियोहरू रिकभर गर्ने एउटा सजिलो तरिका बताउन गइरहेका छौँ,

यसरी डिलिट भएका फोटो र भिडियोहरू पुन: प्राप्त गर्नुहोस्

-सबैभन्दा पहिले फोनमा रहेको ग्यालरी एपमा जानुहोस्।

त्यसपछि यहाँ तल जानुहोस्। त्यसपछि तल दिइएको एल्बम्स ट्याबमा जानुहोस्।

-त्यसपछि यहाँ तल आउनुहोस् र भर्खरै मेटाइएको अर्थात (Recently Deleted) विकल्पमा ट्याप गर्नुहोस्।

-यहाँबाट तपाईंले रिकभर गर्न चाहनुभएको सबै भिडियो र फोटोहरू पुन: प्राप्त गर्न सक्नुहुन्छ।

-रिकभरी पछि, फोटो र भिडियोहरू तिनीहरूको पहिलेकै स्थानमा फर्किनेछन्।

योबाहेक यो काम गुगल फोटोज मार्फत पनि गर्न सकिन्छ। यसका लागि तपाईंले गुगल एपमा जानुपर्नेछ। त्यसपछि रिसाइकल बिनको फोल्डरमा जानुपर्छ। मेटाइएका वस्तुहरू गुगल फोटोजको यस फोल्डरमा ६० दिनसम्म सुरक्षित रहन्छन्। 

यो फोल्डरमा जानुहोस् र तपाईंले पुनर्स्थापना गर्न चाहनुभएको सबै फोटो र भिडियोहरू चयन गर्नुहोस्। त्यसपछि रिस्टोर बटनमा ट्याप गर्नुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?