मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आमा बन्दै अभिनेत्री नन्दिता केसी

काठमाडौँ – अभिनेत्री नन्दिता केसीले पहिलो सन्तानकी आमा बन्दै छिन् । इन्स्टाग्राम मार्फत श्रीमानसँगको रोमान्टिक तस्वीर सेयर गर्दै उनले आफू आमा बन्न लागेको जनाएकी हुन् ।

उक्त पोस्टमा उनले आमा र नारीलाई सृष्टिकर्ता भन्दै प्रशंसा गरेकी छन् । उनको पोस्टमा अन्य सेलिब्रेटीले पनि बधाई र शुभकामना दिइरहेका छन् ।

फोटोमा नन्दिताले ‘सुन टु वि ममी’ र उनका श्रीमानले लगाएको टिसर्टमा ‘सुन टु वि ड्याडी’ लेखिएको छ । अर्को एक तस्वीरमा उनले सासु र ससुरासँगको फेमिली फोटो पोस्ट गरेकी छन् । 

गत वर्ष फागुन १९ गते उनले अरविन्द्र नामका युवकसँग विवाह गरेकी नन्दिता पछिल्लो समय अमेरिकामा बस्दै आएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?