मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म ‘पीताम्बर’बाट अलग भइन् आँचल शर्मा

काठमाडौँ – समय अभाव भन्दै अभिनेत्री आँचल शर्मा फिल्म  ‘पीताम्बर’बाट अलग भएकी छन् ।  

आँचल अहिले फिल्म ‘दुःखी आत्मा’को छायाङ्कनमा छिन् भने ‘पीताम्बर’ पनि अहिले छायाङ्कनमै छ । यसले छायाङ्कन सेडुल जुधेपछि आफूले अभिनय गर्न नभ्याउने भन्दै उनले फिल्म छोडेकी हुन् ।

‘पीताम्बर’बाट आँचल बाहिरिएपछि उनको ठाउँमा अभिनेत्री दिव्या रायमाझी भित्रिने चर्चा छ । दिव्याको जोडी अभिनेता प्रदीप खड्कासँग बाँधिने बताइन्छ ।

दिव्या अभिनेता दिलीप रायमाझीकी छोरी हुन् । दिव्याले फिल्म ‘एक्टर’बाट अभिनयमा डेब्यु गरेकी हुन् । पहिलो फिल्म प्रदर्शनमा नआउँदै उनको माग चुलिँदो छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?