मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म ‘रङ्गी’ मार्फत  डेब्यु गर्दै पूर्वमिस नेपाल नम्रता श्रेष्ठ

काठमाडौँ – फिल्म ‘रङ्गी’मार्फत ‘मिस वर्ल्ड नेपाल २०२०’ नम्रता श्रेष्ठ अभिनयमा डेब्यु गर्ने भएकी छन् ।

सलोन सलिना फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने यो फिल्ममा उनी अभिनेत्रीको रूपमा अनुबन्धित भएकी  हुन् । 

फिल्मको केही अगाडि टाइटल पोस्टर सार्वजनिक भएको थियो । जसमा साइकलमा बसिरहेकी एक बालिका र उनीसँग खेल्दै गरेका एक पुरुष देखाइएको थियो ।

नम्रताले फिल्मको स्क्रिप्ट अनुसार आफ्नो क्यारेक्टर मन परेकाले काम गर्न सहमत भएको बताइन् । साथै उनले यसअघि आफूलाई एक वेब सिरिजको लागि अफर आए पनि आफ्नो भूमिका चुनौतीपूर्ण र विवादास्पद लागेकाले अभिनय नगरेको समेत खुलाइन् ।

फिल्म सुरेश न्यौपानेले निर्देशन गर्न लागेका हुन् । सक्षम सुवेदीको निर्माण रहने फिल्ममा सुमन गजमेरको लेखन छ । फिल्म सौरभ लामाले खिच्नेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?