‘स्टोन फिस’ अर्थात ढुङ्गा जस्तो देखिने माछो । यो माछोलाई छुनासाथ मानिसको ज्यान जान सक्छ । त्यसैले समुन्द्रको धेरै नजिक नजान विशेषज्ञहरूले चेतावनी दिएका छन् ।
यो विषालु माछो समुन्द्रको मकर रेखा आसपासमा हुने गर्दछ । यो माछोको बनावट ढुङ्गाको जस्तै छ । मानिसहरू ढुङ्गा भन्ठान्छन् र त्यसको आडभरोसा लिन खोज्दा त्यही माछाको सिकार बन्छन् ।
यदि यो माछाको माथि टेक्यो भने पनि त्यसले आफूमाथिको तौलको मात्रामा न्युरोटोक्सिन विष निकाल्छ ।
माछाले कसैलाई टोक्यो भने तत्कालै त्यो अङ्ग काटेर फाल्नुपर्छ । अन्यथा मानिस बाँच्न सक्दैन । यो माछोलाई छोएको ५ सेकेन्डमै यसले विष छोड्न थाल्छ । यो माछो यति खतरनाक हुन्छ कि एक थोपा विषले मात्र पनि पूरा सहर नष्ट गरिदिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया