मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दोस्रो उपत्यकास्तरीय योग खेलकुद प्रतियोगिता हुँदै

काठमाडौँ – नेपाल योग खेलकुद संघ, बागमती प्रदेशको आयोजनामा यही भदौ २९ गतेदेखि ‘दोस्रो उपत्यकास्तरीय योग खेलकुद प्रतियोगिता’ हुने भएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष केदारनाथ बस्ताकोटीले तारेश्वर नगरपालिकाको सहकार्यमा योगलाई खेलकुदसँग जोड्नका लागि प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

प्रतियोगिता तारकेश्वरमा हुने छ । उनका नुसार योग प्रशिक्षण गराइरहेका विभिन्न विद्यालय तथा योग खेलाडी गरी दुई सय ३२ र एक सय ३० सामूहिक गरी तीन सय ६२ जना सहभागी हुनेछन् ।

प्रतियोगितामा एकल प्रतिस्पर्धा र सङ्गीतमय ‘रिदमिक’ सामूहिक योगासन प्रतिस्पर्धा पनि हुनेछ । प्रतियोगितामा नौ वर्ष उमेर मुनिदेखि ५० वर्ष उमेर माथिका खेलाडीले समेत सहभागिता जनाउने छन् । आसनलाई खेलको रुपमा विकास गर्नका लागि प्रतियोगिता गरिएको अध्यक्ष बस्ताकोटीले बताए ।

उनकानुसार नेपालमा योग खेलकुदलाई प्रवर्द्धन गर्न नेपालमै विभिन्न स्तरका तीन वटा दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता, पाँच वटा राष्ट्रिय प्रतियोगिता, एउटा प्रदेशस्तरीय र एउटा उपत्यकास्तरीय प्रतियोगिता भइसकेको छ ।

नेपालमै अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताको तयारी गरिएको पनि अध्यक्ष बास्ताकोटीले जानकारी दिए । नेपालको मौलिक खेलको रूपमा रहेको योगासन खेलले मानिसलाई योगमा जोड्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?