काठमाडौँ – फिल्म ‘शाम्बाला’को प्रिमियरमा सहभागी हुन काठमाडौँ आइपुगेका बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकी आज मुम्बई फर्किँदै छन् ।
यसअघि उनले विभिन्न स्थानको भ्रमण गरेका छन् । सोमबार दिनभर व्यस्त रहेका सिद्दिकीले अभिनेता दयाहाङ राईसहित पर्यटकीय थलो लाङटाङ उपत्यकाको भ्रमण गरेका थिए । ा गरेका छन् । त्यहाँको भूगोल र प्राकृतिक सौन्दर्यमा रमाएका उनले हेलिकप्टरबाट त्यहाँको हिमाली भेगको आनन्द लिएका हुन् ।
लाङटाङबाट फर्के लगत्तै अभिनेता सिद्दिकी मण्डला थिएटरमा अभिनयका विद्यार्थी र कलाकारसँगको अन्तरक्रियामा सहभागी भएका थिए ।
यता निर्देशक कश्यप औपचारिक कार्यक्रममा व्यस्त बनेका उनले नेपाल संस्कृति र प्राकृतिक सौन्दर्यमा धनी रहेको बताए ।
निकट भविष्यमा नेपालमा फिल्म छायाङ्कनका लागि उत्साही रहेको बताएका कश्यप सोमबार बेलुका दिल्ली फर्किएका छन् । उनी सपरिवार नेपाल घुम्न आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया