मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

केकी अधिकारी ‘द पोयट आइडल’ को निर्णायकमा अनुबन्ध भएपछि सामाजिक सञ्जालमा विरोध

काठमाडौं– कवितासम्बन्धी रियालिटी शो ‘द पोयट आइडल’ मा नायिका केकी अधिकारीलाई निर्णायक बनाएपछि सामाजिक सञ्जालमा विरोध भएको छ । कविताको कार्यक्रममा साहित्यकारको साटो कलाकारलाई निर्णायक बनाइएको भन्दै विरोध भएको हो ।

लेखक अशोक थापाले सामाजिक सञ्जालमार्फत पोयट आइडलले कविताको ‘चीर हरण’ गरेको बताएका छन् । ‘यो पटक निर्णायकको रूपमा नायिका केकी अधिकारीलाई राख्दै गरेको समाचार पढेँ र अड्कल गरेँ यो साल थप ढर्रा मञ्चन हुँदैछ, शब्द र अर्थको जादुमय परख गरिने कवितालाई भद्दा स्वाङमा सीमित गरिनु कविताको स्वास्थ्यका लागि मात्र होइन पाठकको अपमान पनि हो, व्यापारका बहानामा कुनै विधाको चिरहरण नगरियोस्,’ उनले लेखेका छन् ।

यस्तै अर्की लेखिका जया ओझाले पनि कविताका नाममा व्यापार गरिएको प्रतिक्रिया दिएकी छिन् ।

यस्तै अर्का एक प्रयोगकर्ता माधव ढकालले कविता प्रतियोगिताको निर्णायक जजमा केकी अधिकारीलाई अनुबन्ध गर्नु उचित नभएको बताएका छन् ।

‘अब दिनेश अधिकारीलाई अभिनयको जजमा राख्नुपर्छ कि कसो? कविताको गरिमा पनि खस्कियो,’ उनले लेखेका छन् ।

अर्का एक प्रयोगकर्ताले व्यङ्ग्य गर्दै लेखेका छन्, ‘द पोएट आइडल’को जजमा केकी अधिकारी, वहाँले जति कविता त मैले पनि सुनेको छु ।’

अमन प्रताप अधिकारीले निर्देशन गर्ने यो ‘रियालिटी शो’को अन्य निर्णायकमा उपेन्द्र सुब्बा, अनुप बराल र विप्लव प्रतीक अनुबन्ध भएका छन् भने दिव्य देवले होस्ट गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?