काठमाडौँ – बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणलाई पुत्री लाभ भएको छ । टाइम्स अफ इण्डियाका अनुसार दिपीकाले आइतबार छोरीलाई जन्म दिएकी हुन् ।
रणवीर र दीपिकाले आधिकारीक रुपमा भने अहिलेसम्म जानकारी दिएका छैनन् । गत फेब्रुअरीमा दुवैले सामाजिक सञ्जालमार्फत सेप्टेम्बरमा आफु अभिभावक बन्ने घोषणा गरेका थिए ।
केहि बर्षको अफ्येर्सपछि रणवीर र दीपिकाले २०१८ मा विवाह गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया