मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ओस्कार अवार्डको मनोनयन सूची सार्वजनिक, ‘ओपेनहाइमर’ १३ विधामा मनोनित

काठमाडौं– विश्व प्रसिद्ध ओस्कार अवार्डको मनोनयन सूची सार्वजनिक गरिएको छ । संसारकै सबैभन्दा लोकप्रिय मानिने यो अवार्डको मनोनयन सूची मंगलवार सार्वजनिक गरिएको हो ।

२३ विधामा सार्वजनिक गरिएको सूचीमा फिल्म ‘ओपनहाइमर’ सर्वाधिक १३ विधामा मनोनयन भएको छ । यस्तै ‘पुअर थिंग्स’ ११, ‘किलर्स अफ द फ्लावर मुन’ १०, ‘बार्बी’ ८, ‘माएस्ट्रो’ ७ र ‘अमेरिकन फिक्सन’, एनाटोमी अफ अ फल, द होल्डओभर्स, द जोन अफ इन्ट्रेस्ट समान ५/५ विधामा मनोनयन भएका छन् ।

सर्वाधिक विधामा छनोट भएको ‘ओपेनहाइमर’बाट किलियन मर्फी, एमिली ब्लन्ट र रोबर्ट डाउने जुनियर अभिनयको विधामा र क्रिस्टोफर नोलन निर्देशनको विधामा मनोनित भएका छन् ।

ओस्कारको अवार्ड वितरण समारोह आगामी मार्च १० मा हुनेछ ।

यस्तो छ मनोनयन सूची :

उत्कृष्ट फिल्म
अमेरिकन फिक्सन, एनाटोमी अफ अ फल, बार्बी, द होल्डओभर्स, किलर्स अफ द फ्लावर मुन, माएस्ट्रो, ओपेनहाइमर, पास्ट लाइभ्स, पुअर थिंग्स र द जोन अफ इन्ट्रेस्ट

उत्कृष्ट निर्देशन
एनाटोमी अफ अ फल- जस्टिन ट्रिएट
किलर्स अफ द फ्लावर मुन- मार्टिन स्कोरसिज
ओपेनहाइमर- क्रिस्टोफर नोलन
पुअर थिंग्स- योर्गोस ल्यान्थिमोस
द जोन अफ इन्ट्रेस्ट- जोनाथन ग्लेजर

उत्कृष्ट अभिनेता
ब्राड्ली कुपर– माएस्ट्रो
कोलम्यान डोमिंगो– रस्टिन
पल जियामट्टी– द होल्डओभर्स
किलियन मर्फी– ओपेनहाइमर
जेफ्री राइट –अमेरिकन फिक्सन

उत्कृष्ट अभिनेत्री
एनेट बेनिङ्ग– न्याद
लिली ग्लाडस्टोन– किलर्स अफ द फ्लावर मुन
सान्ड्रा हलर– एनाटोमी अफ अ फल
केरी मुलिगन– माएस्ट्रो
एम्मा स्टोन– पुअर थिंग्स

उत्कृष्ट सहायक अभिनेता
स्टर्लिङ के ब्राउन– अमेरिकन फिक्सन
रोबर्ट डी निरो– किलर्स अफ द फ्लावर मुन
रोबर्ट डाउने जुनियर– ओपेनहाइमर
रायन गसलिङ– बार्बी
मार्क रफेलो –पुअर थिंग्स

उत्कृष्ट सहायक अभिनेत्री
एमिली ब्लन्ट– ओपेनहाइमर
डेनियल ब्रुक्स– द कलर पर्पल
अमेरिका फेरेरा– बार्बी
जोडी फोस्टर– न्याद
द भाइन जोय रान्डोल्फ– द होल्डओभर्स

उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर
लो क्यापिटानो– इटाली
पर्फेक्ट डेज– जापान
सोसाइटी अफ द स्नो– स्पेन
द टिचर्स लाउन्ज– जर्मनी
द जोन अफ इन्ट्रेस्ट– बेलायत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?