काठमाडौँ- पहिरोका कारण धादिङको मलेखुमा अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ । पहिरो हटाएर सडक दुवै तर्फ खुला गरिएको हो ।
पहिरो हटेसँगै काठमाडौँ-मुग्लिङ सडक दुईतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
लेदोसहितको पहिरो खसेपछि करिब डेढ घण्टा सडक अवरुद्ध भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया