मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पलेसा गोवर्धनलाई रु ६५ लाख दिने सरकारको निर्णय

काठमाडौँ – सरकारले पेरिस पारा ओलम्पिकमा नेपाललाई कास्य पदक दिलाउने पलेशा गोवर्धनलाई रु ६५ लाख पुरस्कार दिने निर्णय गरेको छ ।

आजको मन्त्रिपरिषद्को बैठकले सो खेलका प्रशिक्षकलाई रु पाँच लाख ८५ हजार र टिम व्यवस्थापकलाई रु दुई लाख ९२ हजार पुरस्कार तथा सम्मान गर्ने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

बैठकले दुग्ध विकास संस्थान ‘डीडीसी’ लाई सर्तसहित रु ६० करोड ऋण भुक्तानी दिने भएको निर्णय गरेको उनले बताए। “चालु आर्थिक वर्षमा दुग्ध विकास संस्थानको कच्चा दूधको आपूर्ति गर्ने किसानलाई भुक्तानी गर्ने प्रयोजनार्थ र प्रविधि सुधार तथा व्यवसाय विस्तारका लागि उक्त ऋण लगानी स्वीकृत गर्ने निर्णय भएको छ”, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?