मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेप्सेमा आज पनि ओरालो, ९ अर्बको कारोबार

काठमाडौँ– नेप्सेमा आज १२.१० अंकको गिरावट आएको छ । विहिबार नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०.४४ प्रतिशत अर्थात् १२.१० अंकले घटेर २७२७.३६ अंकमा झरेको हो ।

बिहीवार ३१६ वटा कम्पनीको कारोबार हुदा ९ अर्ब ६५ करोड १५ लाख १३ हजार २४६ बराबरको कारोबार भएको छ ।

आज आत्मनिर्भर लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने नेपाल फाइनान्सको सबैभन्दा बढी ८.९१ प्रतिशत शेयर मुल्य घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी कारोबार नेपाल फाइनान्सको भएको छ । आज नेपाल फाइनान्सको ४० करोड ५० लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै आज अपी पावरको ६ लाख ७६ हजार ७३ कित्ता शेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?