काठमाडौँ– नेवार समुदायले एक महिनासम्म मनाउने गुँला पर्व आज सकिँदै छ ।
चान्द्रमास अनुसार श्रावण शुक्ल प्रतिपदादेखि सुरु भएको पर्व भाद्र शुक्ल प्रतिपदाका दिन समापन गरिन्छ ।
नेवारी समुदाय, विशेषगरी बुद्ध धर्मका अनुयायीले एक महिनासम्म यो पर्व धूमधामका साथ मनाउने गर्दछन् ।
पर्वको अन्तिम दिन स्वयम्भू महाचैत्यमा बजगजासँगै नेवार समुदायका मानिसहरू जम्मा हुने गर्दछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया