रौतहट – मधेश काठमाडौं जोड्ने द्रुतमार्ग अन्तर्गत बाराको तामागढी सिम्रौनगढ सडक खण्डमा पर्ने पडरी चौकमा पिकअप भ्यानको ठक्करबाट रौतहटका एकजना व्यवसायीको मृत्यु भएको छ ।
सिम्रौनगढतर्फ जाँदै गरेको प्रदेश २–०१–४९२० नम्वरको पिकअप भ्यानले कोल्हवी बजारबाट साइकलमा तरकारी लिएर रौतहटतर्फ आउदै गरेको मौलापुर नगरपालिका ८ सोनरनियाका ५५ बर्षिय अधिकारी यादवलाई ठक्कर दिंदा उनको मृत्यु भएको हो ।
ठक्कर दिने पिकअप भ्यान सहित सवार कोल्हवी १ का साजन चौधरी र प्रिन्स जयसवाललाई ईलाका प्रहरी कार्यालय कोलहभिले नियन्त्रणमा लिएको छ ।
कोलहविका सई लालु यादवले पक्राउ परेका दुवैजनाले एक अर्कामाथि गाडी चलाएको बिबादास्पद बयान दिएको तथा थप अनुसन्धान भइरहेको बताएका छन् । मृतक यादवको शव प्रादेशिक अस्पताल कलैया पोष्टमार्टमका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया