सुन्दर, सेतो र चम्किलो दाँतले अनुहारको सुन्दरतालाई अझै बढाउँछ । दाँत कमजोर भएमा वा कालो, पहेँलो देखिएमा बोल्न र हाँस्नमा पनि समस्या हुन आउँछ ।
दाँत सेतो र चम्किलो भएन भने लज्जाबोध पनि गर्नुपर्ने हुन्छ । दाँत पहेँलो भएको समयमा कसरी यसलाई सेतो र चम्किलो बनाउने त ? यसका लागि घरेलु उपायहरू पनि अवलम्बन गर्न सकिन्छ ।
– तुलसीमा दाँतको पहेंलोपन हटाउन ठूलो मद्धत गर्छ । यसले पहेलोपन हटाउने मात्र होइन मुख र दाँत सम्बन्धि अन्य रोगबाट बचाउँछ । जसका लागि तुलसीको पातलाई घाममा सुकाउने र त्यसको पाउडर बनाएर टुथपेस्टसँग मिलाएर ब्रस गर्दा दाँतमा चमक आउन थाल्छ ।
– नुन तेलले दाँतलाई सफा गर्दा गिँजालाई स्वस्थ राख्छ भन्ने परम्परागत मान्यता हो । त्यसैले यो चलन अहिले पनि छ । नुनमा शुद्ध तोरीको तेल मिलाएर दाँत सफा गर्ने गर्नाले दाँत स्वस्थ हुुनुका साथै चम्किलो पनि हुन्छ ।
– सुन्तलाको बोक्राले पनि दाँतलाई चम्किलो बनाउन मद्धत गर्छ । यसको बोक्रालाई घाममा सुकाएर बनाइएको पाउडरलाई दाँत माझिसकेपछि लगाउँदा चमक आउँछ । दाँत ब्रस गरिसकेपछि उक्त पाउडरले दातमा हल्का मसाज गर्दा भिटामिन सी र क्याल्सियम कारण दात चम्किलो हुन्छ ।
– खाना खाइसकेपछि दिनहुँ गाजर खाने बानीले पनि दाँत चम्किलो बनाउन मद्धत गर्छ । गाजरमा रहेको रेसाहरुले दाँतलाई राम्रोसँग सफा गर्छ ।
– निमको उपयोग पनि धेरै पहिलेदेखि दाँतको सफाईमा हुँदै आएको छ । दिनहुँ निमको काठ, निमको सानो हाँगाले दात सफा गर्ने बानीले दाँतमा कुनै किसिमको रोग लाग्न दिँदैन । साथै, दाँत पहेंलो हुने समस्याबाट पनि छुटकारा पाउन सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया