मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबार सुनको मूल्यमा प्रतितोला १०० रुपैयाँले घटेको छ ।

आइतबार प्रतितोला एक हजार रुपैँयाले बढेको थियो । आइतबार प्रतितोला एक लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन सोमबार एक लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाली बजारमा आज ९सोमबार० सुन–चाँदीको मूल्य सामान्य घटेको छ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ।

आइतबार प्रतितोला एक हजार आठ सय ५० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार आठ सय ४० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?