मुम्बई– हिन्दी चलचित्रकी वरिष्ठ अभिनेत्री मनिषा कोइरालाले साथीसँगको तस्बिर सेयर गर्दै खुसीको रहस्य खुलाएकी छिन् । मनिषाले शनिबार आफ्नो इन्स्टाग्राम अकाउन्टबाट एउटा तस्बिर सेयर गरेकी हुन् ।
मनिषाको यो तस्बिरलाई प्रयोगकर्ताले १ हजारभन्दा बढी लाइक र राम्रा कमेन्ट पाइसकेका छन् । मनिषाले तस्बिरको क्याप्सनमा भनिन्, ‘खराब सम्झना र राम्रो सेन्स अफ ह्युमर खुशी हुने कारण हुन् । तस्बिरमा मनिषा कोइराला क्यामेरातिर हेरिरहेकी छैनन् । त्यतिकैमा उनको साथी हाँस्दै पोज गरिरहेकी छिन् ।
मनिषाले आफ्नो इन्स्टाग्राम अकाउन्ट स्टोरीमा धेरै भिडियो र फोटो सेयर गरेकी छिन् । एउटा भिडियोमा उनी पोखरीमा देखिएकी छिन् भने अर्को भिडियोमा उनी आफ्ना साथीहरूसँग जन्मदिन मनाउँदै छिन् । मनिषालाई एक ठाउँबाट अर्को ठाउँ घुम्न मन पर्छ । आफ्नो इन्स्टाग्राम स्टोरीमा यो तस्बिर सेयर गर्दै उनले भनेका थिए कि यात्रा उनको लागि धेरै महत्त्वपूर्ण छ।
नायिकाले भनिन्, ‘यात्रा मेरो लागि धेरै हो । हरेक यात्रा, जति टाढा वा नजिक भए पनि, मलाई चीजहरू हेर्न र संसारसँग अझ बढी माया गर्ने मौका दिन्छ। जब म यात्रा गर्छु, म नयाँ ठाउँहरू पत्ता लगाउन, विभिन्न पृष्ठभूमिका मानिसहरूलाई भेट्न र मैले कहिल्यै नबिर्सने सम्झनाहरू बनाउन उत्साहित छु। मनिषा ओटीटी सिरिज ‘हिरामाण्डीः द डायमण्ड बजार’ मा महत्वपूर्ण भूमिकामा थिइन् ।
जसमा उनले वेश्यालय मालिक मल्लिकाजानको भूमिका निभाएकी थिइन् । ‘हिरामाण्डीस् द डायमण्ड बजार’ को दोस्रो सिजन चाँडै नै नेटफ्लिक्समा रिलिज हुँदैछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया