मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना : १४ शव निकालियो, उद्धार कार्य जारी

दमौली – पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा बस खस्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ । शुक्रबार आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट यात्रुबाहक बस मर्स्याङ्दी नदीमा खसेको थियो ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको हो । बसमा भारतीय पर्यटकहरु सवार थिए । प्रहरीका अनुसार दुर्घटनास्थलबाट अहिलेसम्म १४ जनाको शव निकालिएको छ ।

अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्रको टोलीले उद्धार गरिरहेको छ । प्रारम्भिक जानकारी अनुसार बसमा ३५ जना यात्रु सवार रहेको बताइएको छ । दुर्घटनामा ६ जना यात्रु अझै बेपत्ता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?