मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आज भारत बन्दको आव्हान, विहारसहितका राज्य प्रभावित

काठमाडौँ – दलित र जनजाति संगठनहरूले आज भारत बन्दको आव्हान गरेका छन् । अनुसूचित जाति र जनजातिको लागि आरक्षणमा क्रीमी लेयर सम्बन्धी सर्वोच्च अदालतको निर्णयको विरोधमा आज भारत बन्दको घोषणा गरिएको हो ।

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार भारत बन्दको असर देशका धेरै राज्यमा देखिएको छ । रिपोर्टका अनुसार बिहारको जेहानाबादमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

बिहारको आराहमा प्रदर्शनकारीले रेलमार्ग अवरुद्ध गरेका छन् । प्रदर्शनकारीले दरभंगा-दिल्ली बिहार सम्पर्क एक्सप्रेस रेललाई पनि दरभंगा रेलवे स्टेशनमा रोकेका थिए।

पीटीआईका अनुसार भारत बन्दको प्रभाव झारखण्डको राँचीमा पनि देखिएको छ । यहाँ निजी बस सेवा बन्द गरिएको छ । यस बन्दलाई समाजवादी पार्टी ९एसपी०, बहुजन समाज पार्टी ‘बसपा’ र राष्ट्रिय जनता दल ‘राजद’ ले पनि समर्थन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?