काठमाडौँ– आज २०८१ साल भदौ ४ गते मंगलबार सन् २०२४ अगष्ट२० तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।
मंगलबार अमेरिकी डलर स्थिर हुँदा कतारी रियालको विदेशी विनिमय दर घटेको छ। यूरो र बेलायती पाउण्डको विनिमय दर भने बढेको छ।
अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०१ पैसा र बिक्री दर १३४ रुपैयाँ ६१ पैसा पुगेको छ।
युरो एकको खरिद दर १४७ रुपैयाँ ७९ पैसा र बिक्री दर १४८ रुपैयाँ ४५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७३ रुपैयाँ ४८ पैसा र बिक्री दर १७४ रुपैयाँ २५ पैसा पुगेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७४ पैसा र बिक्री दर ३६ रुपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया