मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बंगलादेशका पुर्व प्रधानन्यायधिस हक बिरुद्ध ठगी र किर्ते गरेको भन्दै अदालतमा मुद्धा दर्ता

काठमाडौँ – हालै राजिनामा दिएका पूर्व प्रधानन्यायाधीश एबीएम खैरुल हकविरुद्ध ठगी र किर्ते गरेको भन्दै मुद्धा दायर गरिएको छ ।

पूर्व प्रधानन्यायाधीश तथा कानुन आयोगका हालै राजीनामा दिएका एबीएम खैरुल हकविरुद्ध ठगी, विश्वासघात र किर्ते गरेको आरोपमा उजुरी दर्ता मुद्दा भएको हो ।

एक वकिल इमरुल हसनले आइतबार ढाकाको महानगरीय मजिस्ट्रेट दिलरुबा अफ्रिन तिथीको अदालतमा सीआर मुद्दा पेश गरेका हुन ।

उनका अनुसार अदालतले वादीको बयान लिइसकेको छ र निर्णयको पर्खाइमा छ। वादी इमरुल हसनले सो जानकारीको पुष्टि गरेका छन् । अगस्ट १४ मा एबीएम खैरुल हकले सन् २०१३ देखि आफ्नो पदबाट राजीनामा दिएका थिए ।

न्यायाधिश हक २०१३ जुलाई २३ मा प्रधानन्यायाधीशको हैसियतमा कानून आयोगको अध्यक्षमा नियुक्त भएका थिए । उनको कार्याकाल २०१६, २०१९ र २०२२ गरी तीन पटक थप गरिएको थियो । हक सेप्टेम्बर २७, २०१० मा बंगलादेशको १९ औं प्रधानन्यायाधीश बनेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?