मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रोहित र शाहरुखबीच सम्बन्धमा दरार !

मुम्बई – ‘चेन्नई एक्सप्रेस’ र ‘दिलवाले’ जस्ता क्लासिक हिट फिल्मपश्चात निर्देशक रोहित शेट्टीले बलिउड अभिनेता शाहरुख खानसँग पुनः सहकार्य गरेका छैनन् ।

रोहित र शाहरुखको जोडीको आगामी फिल्मका लागि उनीहरुका प्रशंसक प्रतिक्षामा रहेपनि सँगै काम गर्न सकिनेबारे कुनै संकेत गरेका छैनन् ।

रोहित र शाहरुखबीच मनमुटाव भएको खबरहरु चर्चामा रहेपनि उक्त विषयमा दुवैले प्रष्टीकरण दिन चाहेका थिएनन् । तर हालैमात्र एक अन्तरवार्तामा रोहितले यो विषयमा मुख खोलेका छन् । अन्तरवार्तामा रोहितलाई शाहरुखसँगको मनमुटावको विषयमा प्रश्न गर्दा ‘त्यस्तो केही होइन’ मात्र प्रतिक्रिया दिए ।

मुम्बई फिल्म ‘दिलवाले’का निर्देशक रोहित शेट्टी र सुपरस्टार शाहरुख खानबीच सबै कुरा राम्रोसँग चलिरहेको छैन । यी दुईबीचको सम्बन्धमा दरार आएको खबर छ ।

तर रोहितले यी रिपोर्टलाई बकवास भनेका छन् । रोहित र शाहरुखको फिल्म ‘दिलवाले’को रिलिजका समयमा दुवैबिच केही मुद्दामा मतभेद रहेको चर्चा चलेको थियो ।

फिल्मले थिएटरमा राम्रो प्रदर्शन गर्न सकेको थिएन । जसकारण पनि शाहरुख र रोहितबिच पुनः सहकार्यको वातावरण बिग्रिएकासमेत चर्चा चलेको थियो ।

तर रोहितले अहिले आएर भने ती सबै कुराको खण्डन गरेका छन् । ‘कुनै राम्रो कथा भेटियो भने पुनः सहकार्य हुन्छ । त्यस्तो कथा ‘चेन्नई एक्सप्रेस’को भन्दा पनि उत्कृष्ट हुनुपर्छ । राम्रो कथा आयो भने शाहरुखसँग सहकार्य गर्न कुनै आपत्ति छैन’, उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?