मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पाटन अदालतका न्यायधीश रेग्मीको निधन

ललितपुर–उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ । मस्तिष्कको क्यान्सरबाट ग्रसित न्यायधीश रेग्मीको ६१ वर्षको उमेरमा निधन भएको हो ।


उच्च अदालत पाटनका सूचना अधिकारी अर्जुन आचार्यका अनुसार ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बुधवार राति उनको निधन भएको हो ।

न्याय सेवाका सहसचिव रहेका रेग्मी २०७७ सालमा उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?