काठमाडौँ – अघिल्लो सातादेखि छायाङ्कनमा गएको फिल्म ‘के घर के डेरा: घर नम्बर २’ माघ ११ मा रिलिज हुने भएको छ ।
निर्माता र प्रदर्शकसँग सल्लाह गरेर प्रदर्शन यो मिति पक्का गरेको वितरक कम्पनी रिच इन्टरटेन्मेन्टका प्रमुख करण श्रेष्ठले जानकारी दिए ।
दीपेन्द्र के. खनालको निर्देशनमा बनिरहेको फिल्मको छायाङ्कन काठमाडौँ आसपासमा भइरहेको छ।
फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, सृजना नापित, संजोग रसाइली, रूविना घिमिरे लगायतका कलाकारहरूले अभिनय गरेका छन्।
सामाजिक कथावस्तुमा निर्माण हुने फिल्मको कथा साहित्यकार बुद्दिसागरले लेखेका हुन्। अझै एक महिना छायाङ्कन चल्ने फिल्मलाई कृष्णबहादुर थापाले खिचेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया