बायाँ हाते (लेफ्ट ह्यान्डर्स) अर्थात देब्रे हातलाई सर्वाधिक प्रयोग गर्नेहरू देख्दा दाहिने हात बढी चलाउनेहरूलाई अचम्म लाग्ने गर्छ ।
हामीले दाहिने हातले गर्ने काम उनीहरूले देब्रे हातले कसरी गर्छन् भनेर अचम्मित हुन्छौ । तर के तपाईँलाई थाहा छ ? देब्रे हातलाई प्रमुख रूपमा प्रयोग गर्नेहरूका केही समस्याहरू छन् ।
१. पत्रपत्रिका पढ्दा त्यसको पाना पल्टाउनु पर्यो भने दायाँ तर्फबाट पल्टाउनु पर्ने हुन्छ । किनकि पढ्दै जाँदा पल्टाउने पर्ने पाना दायाँ हात तर्फ हुन्छ । बायाँ हातले पाना पल्टाउँदा दायाँ बायाँ क्रस हुन्छन् जसबाट पढ्दै गरेको कुराबाट ध्यान हट्न सक्छ ।
२. एटिएम मेसिन, वा कुनै पनि कार्ड स्वाइप गर्ने स्थानमा समेत दायाँ हाततर्फ मेसिन राखिएको हुन्छ । अझ प्रवेश तथा बाहिर निस्कने स्थानमा समेत टोकन लगाउने स्थान दायाँतर्फ हुन्छ । जसले गर्दा दायाँ हातले सहुलियत पाए पनि बायाँ हातेले भने समस्या भोग्नुपर्छ ।
३. सङ्गीत वाद्यवादन बायाँ हातेले सबैभन्दा बढी समस्या भोग्नुपर्छ । अधिकांश बाजागाजा दायाँ हातलाई लक्षित गरी बनाइएको हुन्छ । यस्ता वाद्यवादन लेफ्ट ह्यान्डर्सले प्रयोग गर्न सक्दैनन् । जसका कारण बायाँ हातलाई ध्यानमा राखेर सोही बमोजिम बनाइएको वा बनाउन लगाएर मात्र वाद्यवादन किन्नुपर्ने हुन्छ ।
४. अधिकांश मानिस हात मिलाउँदा दायाँ हात एक आपसमा मिलाउने गर्दछन् । भेट्नासाथ सबैले दायाँ हात नै अघि बढाउने गर्छन् । तर यदि बायाँ हातेसँग भेट हुँदा भने समस्या उत्पन्न हुन्छ । किनकि दायाँ र बायाँ हात एक आपसमा मिल्न गाह्रो हुन्छ ।
५. लेफ्ट ह्यान्डर्सले कम्प्युटर माउसको प्रयोग गर्न समेत अप्ठ्यारो हुन्छ । उनीहरू माउसलाई बायाँतर्फ राख्छन् । माउसको प्रयोग शैलीसमेत दायाँ हाते भन्दा फरक हुन्छ । बायाँ हातले माउस प्रयोग गर्नेहरूले क्लिक गर्न चोर औलाको साटो माझी औलाको प्रयोग गर्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया