मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म ‘अञ्जिला’ को प्रदर्शनी फागुन २९ गते मात्रै

काठमाडौँ– फिल्म ‘अञ्जिला’ को रिलिज मिति सारिएको छ। फिल्म रिलिजको मिति सारेसँगै अब फागुन २९ गतेदेखि मात्रै प्रदर्शनमा आउने भएको छ ।

यो फिल्म यसअघि माघ ११ गते रिलिज गर्ने मिति तय गरेको थियो । तर फिल्मको सबै पक्ष मिलाउन बाँकी रहेकोले प्रदर्शनी मिति सारिएको निर्माण टिमले जनाएको छ ।

महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित निर्माण गरेको छ । प्रेम कुमार श्रेष्ठको निर्माण रहेको फिल्मलाई निर्देशक मिलन चाम्सले निर्देशन गरेका हुन् ।

फिल्मको मुख्य भूमिकामा एञ्जिला आफैँ रहेका छन् । साथै अभिनेता दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरूङ, बुद्धि तामाङ लगायत कलाकारहरूको अभिनय छ। निर्माता प्रेम कुमार श्रेष्ठले पनि फिल्ममा प्रमुख भूमिका निर्वाह गरेका छन्।

मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममाविनोद अग्रवाल र राजेश बगडिया सह–निर्माता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?